ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने

ब्राजिलमा अक्टोबर ३०मा हुने दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भा र राष्ट्रपति जाइर बोल्सोनारोबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले जीतका लागि आवश्ययक पर्ने ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदा हुन लागेको हो ।
ब्राजिलको निर्वाचन कार्यालयले खसेको मत कुल मध्ये ९९ प्रतिशत मतगणना सकिएको जनाएको छ । गणना भएको मध्ये लुलाले ४८.३ प्रतिशत र बोल्सोनारोलले ४३.३ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
कतिपय मत सर्वेक्षणहरुले पूर्व राष्ट्रपति लुलाले पहिलो चरणमै चुनाव जित्ने प्रक्षेपण गरेपनि आइतबार भएको मतदानमा त्यस्तो देखिएन । यसअघि लुला सन् २००३ देखि सन् २०१० सम्म राष्ट्रपति रहेका थिए ।
पूर्व मजदूर नेता लुलाको शासनकालमा ब्राजिलले तीव्र आर्थिक वृद्धि हासिल गर्नुका साथ दसौं लाख मानिसलाई गरिबीबाट मुक्ति दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर