दार्चुलामा जुवातास खेल्ने ११ जना पक्राउ

महाकाली नगरपालिका-४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंहसहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटी सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर