भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यमा मंगलबार भएको बस दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । जन्ती बोकेको बस भीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा बसमा करिब ५० जना सवार थिए ।
सो दुर्घटना पौडीको बिरोखालमा भएको प्रहरीले जनाएको छ । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै डीजीपी अशोककुमारले भने, ‘गए राति गढवालको बिखरोल इलाकामा भएको दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । पुलिस र एसडीआरएफको टीमले रातभर राहत तथा बचाउ अभियानको क्रममा २१ जनालाई बोचाएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।”
मुख्यमन्त्री पुष्करसिंह धामीले पनि दुख व्यक्त गर्दै ट्विट गरेका छन् । दुर्घटनाको जानकारी प्राप्त गर्ने वित्तिकै मुख्यमन्त्री धामी विपत्त कन्ट्रोल रुमा पुगेका थिए । उनले त्यहाँका अधिकारीसँग जानकारी लिँदै जिल्ला अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा रहन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर