
केन्द्रिय निर्वाचन सेलको कमाण्डरमा एआईजी लोहनी

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिवेश लोहनीलाई केन्द्रीय निर्वाचन सेलको कमान्डरको जिम्मेवारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभाग प्रमुख रहेका लोहनीलाई आइतबार नयाँ जिम्मेवारीमा ल्याएको हो।
यसअघि निर्वाचन सेलको नेतृत्व गरेका एआइजी सहकुल थापाको प्रहरी एकेडेमी सरुवा भएपछि निमित्त विभागीय प्रमुख रुपमा डिआइजी वसन्तबहादुर कुँवरले जिम्मेवारी सम्हाल्दैँ आएका थिए ।
उनलाई कार्य विभागसमेत हेर्ने जिम्मेवारी पनि दिइएको छ । नेपाल प्रहरीमा अहिले दुई एआईजी रिक्त रहेको छ र कार्तिक महिनामा थप दुई पद रिक्त हुनेछ ।
प्रतिक्रिया