काठमाडौं-१० मा गठबन्धनबाट अलग हुने माओवादीकाे घोषणा

सिट भागबण्डामा काठमाडौं क्षेत्र नं. १० नेकपा माओवादीले पाएको भए पनि सत्ता गठबन्धनभित्रकै अन्य दलले पनि उम्मेदवारी दिएपछि माओवादीले यस क्षेत्रमा गठबन्धन तोडिएको घोषणा गरेको छ ।

यो क्षेत्र माओवादीको भागमा परेपछि सोहीअनुसार माओवादी नेतृ अञ्जना विशंखे उम्मेदवार बनेकी छन् । तर, नेपाली कांग्रेसका नेता राजन केसीले पनि उम्मेदवारी दिएका छन् । यहाँका दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र मओवादीले एक–एक वटा लिने सहमति भएको थियो । तर प्रदेश सभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिस्पर्धा गर्ने शर्तमा गठबन्धन तोडिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *