बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भएको सहमति विपरित उम्मेदवारी दिने नेताहरुलाई नाम फिर्ता लिन निर्देशन दिएको छ । महासचिव बेदुराम भुसालले बुधबार विज्ञप्ति प्रकाशित गर्दै दिउँसो १ बजेसम्म नाम फिर्ता लिन निर्देशन दिएका हुन् ।

‘आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा गठबन्धनको सहमति विपरित उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरुलाई निर्धारित समयसम्म २०७६ सरोज २६ गते दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन गरिन्छ’ महासचिव भुसालले जारी विज्ञप्तिमा भनिएको छ । भूसालले पार्टीको निर्देशन अवज्ञा गरि उम्मेदवारी कायम राखे कारवाही गर्ने बताएका छन् ।

मंगलबार दिउँसो बसकेो गठबन्धनका शीर्ष नेताहरुको बैठकले सहमति विपरित उम्मेदवारी दिनेहरुले फिर्ता नलिएर कारवाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर