स्राेत नखुलेको साढे ९ लाख नगदसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहटको गौर नगरपालिका–१ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्।

भारतकाे सीतामढी बैरगिनिया–६ बस्ने ३६ वर्षीय राजकुमार भगतलाई बुधबार दिउँसो प्रहरीले सो नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० भी ०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला परेको र स्रोत नखुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर