बाढी-पहिरो प्रभावितहरूकाे सहारा बन्दै नेपाली सेना (तस्बिरहरू)

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी-पहिरो गई जनजीवन प्रभावित इलाकाहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य गरिरहेको छ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरीलगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरिएको छ।

उक्त स्थानहरू सडक सञ्जालबाट निकै विकट स्थानमा रहेको र सीमित मात्रामा रहेका कच्ची सडकहरूसमेत पहिरोका कारण विभिन्न स्थानहरूमा अवरुद्ध भएको हुँदा नेपाली सेनाको हेलिकप्टरबाट १४ हजार ७३५ केजी राहत सामग्रीहरू उक्त स्थानहरूमा ढुवानी गरी पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिएको सेनाले जनाएको छ ।

यसका साथै नेपाली सेनाले विभिन्न स्थानहरूमा अवरुद्ध रहेका सडकहरू खुलाउने तथा नेपाली सेनाको हेलिकप्टरबाट थप राहत सामग्रीहरू ढुवानी गर्ने कार्य गरिरहेको पनि बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर