स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएकोप्रति बाबुराम भट्टराई असन्तुष्ट

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए । उनले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखामात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए । उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा बनेको बताए ।

उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *