सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने, शीर्ष नेता सहभागी हुने

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कात्तिक ४ देखि ७ गतेसम्म सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सयुंक्त विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन् ।

जारी संयुक्त विज्ञप्तिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने उल्लेख छ । उक्त भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ ।

त्यस्तै कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय भेला हुनेछ । प्रदेश १ र मधेश प्रदेश भेलाको समन्वय नेपाली कांग्रेसले गर्नेछ ।

कात्तिक ६ गते सुर्खेत र धनगढीमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय माओवादी केन्द्र र कांग्रेसले गर्नेछ भने कात्तिक ७ गते काठमाडौंमा बागमती प्रदेशको भेलाको समन्वय माओवादी केन्द्रले गर्नेछ । सातै प्रदेशमा हुने भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

यस्तै सत्ता गठबन्धनले गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाशन गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने, जिल्ला आवश्यकताअनुसार गठबन्धनका दलहरूबीच आवश्यकताअनुसारका अन्य समितिहरू गठन गर्नसक्ने निर्णय पनि गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *