कञ्चनपुरमा रमेश लेखकले चुनाव जित्ने सम्भावना बलियाे

२०७४ सालको निर्वाचनमा झिनो मतको अन्तरले पराजित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई यस पटकको निर्वाचनमा जित निकाल्न सहज देखिएको छ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा पनि जम्मा २५८ मतको झिनो मत अन्तरले पराजित भएका लेखक यसपटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समेत समर्थनमा कञ्चचनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट सहजै चुनाव जित्ने देखिएको छ।

रमेश लेखकसँग नेकपा एमालेकी नेतृ निरु पाल प्रतिस्पर्धा गदैछिन्। कांग्रेसको राम्रो जनाधार रहेको मानिएको यो क्षेत्रमा बामगठबन्धन भएपछि २०७४ को निर्वाचनमा भने पराजय भोग्नु परेको थियो।

२०५६ मा यही निर्वाचन क्षेत्रबाट जितेका लेखक पहिलो संविधानसभा २०६४ को निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भए। यो क्षेत्रबाट कांग्रेस नेता शेरबहादुर देउवा चुनाव लडे र विजयी भए। पछि देउवाले यो निर्वाचन क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा भने कांग्रेसका यज्ञराज जोशी माओवादी उम्मेदवारसँग पराजित भए।

फेरि २०७० मा लेखक नै यही निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ लडे र विजयी भए। २०७४ मा भने बामगठबन्धनका तर्फबा एमालेका दीपक भट्टसँग लेखक २५८ मतको अन्तरले पराजित हुन पुगे। भट्टले २६ हजार ३६४ मत पाउँदा लेखकले २६ हजार १०६ मत पाएका थिए।

यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमालेबाट विभाजित समाजवादीसँग गठबन्धन भएका कारण कांग्रेस उम्मेदवार लेखकले सहजै चुनाव जित्ने बताइन्छ। स्थानीय तहको नतिजाअनुसार पनि कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेस बलियो देखिएको छ।

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी एमालेका उम्मेदवार महेश पन्तभन्दा झन्डै दोब्बर मतले मेयरमा निर्वाचित भएका थिए।

मेयरमा निर्वाचित बोगटीले १५ हजार आठ सय ८२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पन्तले आठ हजार एक सय ७९ मत प्राप्त गरेका थिए। बोगटी सात हजार सात सय तीन मतको फराकिलो अन्तरले विजयी भएका थिए।

त्यस्तै, राप्रपाका गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत ल्याएका छन्। माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले तिन हजार चार सय ५२ मत ल्याएका थिए।

भीमदत्त नगरपालिकामा मेयरमा कांग्रेसले १५ हजार आठ सय ८२, माओवादीले पाएको तीन हजार चार सय ५२ र दोधारा चाँदनीमा १० वटा वडामा वडाध्यक्षका काँग्रेसका उम्मेदवारहरूले पाएको छ हजार तीन सय ४०, माओवादी अध्यक्षहरूले पाएको एक हजार छ सय ५६ समेत गरी गठबन्धनका उम्मेदवार लेखकका पक्षमा २७ हजार तीन सय ३० मत देखिन्छ।

त्यस्तै, भीमदत्तनगरपालिकामा मेयरमा एमालेका उम्मेदवारले पाएको आठ हजार एक सय ७९, राप्रपाले पाएको सात हजार एक सय पाँच र दोधारा चाँदनीमा १० वटा वडामा एमालेका वडाअध्यक्षहरूले पाएको पाँच हजार आठ सय ९५ र राप्रपाका वडाअध्यक्षहरूले पाएको एक हजार आठ सय ७६ मतसमेत गरी एमाले उम्मेदवार पालका पक्षमा २३ हजार ५५ मत देखिन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *