हेर्नुहोस् प्रतिनिधि सभा तथा सातै प्रदेश सभाको वास्तविक नमुना मतपत्र

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा सात वटा प्रदेश सभाको समानुपातिकर्तफको वास्तविक नमुना मत पत्र सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाको मतपत्रमा पहिलो नम्बरमा नेकपा एमालके चुनाव चिन्ह सूर्य रहेको छ भने अन्तिममा रवी लामिछानेको नेपाल स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह रहेको छ ।

मतपत्रमा ४८ वटा राजनीतिक दलको चुनाव चिन्ह रहेको छ । प्रदेश १ प्रदेश सभामा ५५ वटा राजनीतिक दलले भाग लिएका छन् । त्यसैगरी मधेश प्रदेशमा ५९ वटा दल, बागमतीमा ५३ वटा,गण्डकी ५२ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा कर्णाली प्रदेशमा ३३ वटा, सुदुर पश्चिममा प्रदेशसभामा ३४ वटा राजनीतिक दलको सहभागिता रहेको छ ।

आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने सबै अर्थात् ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । कतिपय जिल्लाहरुमा समानुपातिकतर्फको मतपत्रको ढुवानी पनि समेत भैसकेको छ ।
हेर्नुहोस् समानुपातिकतर्फको प्रतिनिधि सभा तथा ७ वटै प्रदेश सभाको वास्तविक नमुना मतपत्र :

प्रतिनिधि सभातर्फको समानुपातिक मतपत्र

प्रदेश १ प्रदेश सभाको वास्तविक नमुना मतपत्र

मधेश प्रदेश प्रदेशसभाको वास्तविक नमूना मतपत्र

 

वागमती प्रदेश प्रदेशसभाको वास्तविक नमूना मतपत्र

गण्डकी प्रदेश प्रदेशसभाको वास्तविक नमूना मतपत्र

लुम्बिनी प्रदेश प्रदेशसभाको वास्तविक नमूना मतपत्र

कर्णाली प्रदेश प्रदेशसभाको वास्तविक नमूना मतपत्र

सुदुरपश्चिम प्रदेश प्रदेश सभाको वास्तविक नमूना मतपत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर