चोरीका २१ वटा दुईपांग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २१ वटा दुईपांग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

दुईपांग्रे सवारी साधन चोरी भएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारीधनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ वटा मोटरसाइकल र ६ वटा स्कुटर हस्तान्तरण गरिएको हो ।

गत साउनदेखि असोज ३० गतेसम्म दुईपांग्रे सवारी साधन चोरी भएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ वटा निवेदन परेका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १५९ वटा फेला परेका थिए ।

जसमध्ये साउन महिनामा ६८ वटा र भदौ महिनामा ३८ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै सोमबारसहित असोजमा ३२ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको छ ।

असोज महिनामा चोरीको एउटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएका एक जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक रोकाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर