चितवन-१ मा कांग्रेसका बागीले निष्क्रिय पारे आफ्नो उम्मेदवारी, विश्व पौडेललाई समर्थन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उनले जीवनभर कांग्रेसप्रति गरेको त्याग, सङ्घर्ष र मेहनतका कारण कांग्रेसको उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको उल्लेख गर्दै पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गरेका छन् ।

साथै बुर्लाकोटीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका उम्मेदवार पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरेका छन् । आजका दिनसम्म आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णलाई आजकै दिनदेखि कांग्रेसका उम्मेदवार पौडेललाई विजयी गराउन सक्रिय हुन पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर