एमाले अध्यक्ष ओली अस्वस्थ

मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा पुगेका हुन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आउनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा गएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर