पश्चिम नवलपरासीमा अवैध चिनी लोड गरिएका दुईवटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुईवटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको छ ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बीओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
नियन्त्रणमा लिएको हो ।

बरामद चिनी तथा दुईवटै ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर