चितवन-१ मा कांग्रेसका पौडेलले भत्काउन सक्छन् एमालेको विरासत

चितवन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।

युवा र नयाँ अनुहार खोजिरहेका मतदातालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका पौडेल विकल्पको रूपमा देखिएका छन्।

एमालेको गढका रूपमा रहेकाे चितवन क्षेत्र नं. १ मा कांग्रेसका पौडेलले एमालेको विरासत भत्काउने सो क्षेत्रका कांग्रेस नेताहरू दाबी गर्छन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बनेका पौडेललाई बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका छन्।

यस निर्वाचन क्षेत्रमा दुई पटक पाण्डे निर्वाचित भएका छन्। उनी यसपटक तेस्रो जितको दौडमा रहेका छन्। तर, यसपटक पाण्डेलाई अर्का अर्थविद् कांग्रेसका उम्मेदवार पौडलको चुनौती छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद छाडेर निर्वाचनमा होमिएका पौडेल राष्ट्र निर्माणको योजना बनाउन सक्ने क्षमता आफूमा भएको दाबी गर्छन्। उनलाई एकीकृत समाजवादी, माओवादी केन्द्रको समेत समर्थन रहेकाले चुनाव जित्न सहज हुनसक्छ।

सत्ता गठबन्धनका कारण  एमालेका उपाध्यक्ष पाण्डेलाई पौडेल भारी पर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *