मल्लिकार्जुन खड्गे बने भारतीय राष्ट्रिय कांग्रेसको नयाँ अध्यक्ष

गान्धी परिवारबाहिरका पहिलो कांग्रेस अध्यक्ष

भारतको सबैभन्दा पुरानो राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। खड्गेले प्रतिद्वन्द्वी केरलाका नेता शशि थरुरलाई भारी मतान्तरले पराजित गरेका हुन्।

बुधबार दिउँसाे घाेषित मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित खड्गेले ७,८९७ मत पाउँदा उनका विरुद्ध उम्मेदवार रहेका शशि थरुरले १०७२ मत पाए। ४१६ मत बदर भयो।

कांग्रेस अध्यक्ष पदका लागि असोज १७ गते भएको मतदानमा कुल ९,३८५ प्रतिनिधिले मतदान गरेका थिए । कांग्रेसले २४ वर्षपछि गान्धी परिवारबाहिरको अध्यक्ष पाएको छ । खड्गे गान्धी परिवारबाहिरका भए पनि गान्धी परिवार निकट मान्छिन्। यसअघि सीताराम केसरी गैर–गान्धी अध्यक्ष थिए।

अब खड्गेले सोनिया गान्धीको स्थान लिनेछन्। केरलाको वायनाडका सांसद राहुल गान्धीले अब नयाँ अध्यक्षले पार्टीमा आफ्नो भूमिका र जिम्मेवारीबारे निर्णय गर्ने बताएका छन्। निर्वाचनमा अनियमितता भएको आरोप पनि लागेको छ।

मल्लिकार्जुन खड्गे कर्नाटकका हुन्। उनी लोकसभा र राज्यसभामा विपक्षी दलको नेता भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *