नवनियुक्त जिल्ला न्यायधीशहरूले गरे डिजिटल फरेन्सिक ल्याबको स्थलगत अध्ययन भ्रमण

राष्ट्रिय न्यायिक प्रतिष्ठानद्वारा नवनियुक्त प्रशिक्षार्थी जिल्ला न्यायधीशहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत डिजिटल फरेन्सिक ल्याबको बुधबार स्थलगत अध्ययन भ्रमण गराइएको छ । उक्त प्रतिष्ठानमा तालिमरत २३ जना नवनियुक्त प्रशिक्षार्थी जिल्ला न्यायधीशहरूले डिजिटल फरेन्सिक ल्याबको भ्रमण गरेका हुन् ।

उक्त प्रतिष्ठानद्वारा सञ्चालित अभिमुखीकरण कार्यक्रमअन्तर्गत न्याय सम्पादनको क्रममा आवश्यक पर्ने ज्ञान एवं सीप विकासका लागि उक्त भ्रमण भएको हो ।

कार्यक्रममा डिजिटल फरेन्सिक ल्याबका प्रहरी निरीक्षक ई. मुकेश गिरीले न्यायिक निकायसँगको सम्बन्ध र समन्वय, डिजिटल फरेन्सिक ल्यावको महत्त्व, यसको क्षेत्र, काम कर्तव्य र अधिकार, रणनितिहरु, अपराधका प्रकृति, न्याय निरुपणमा यसको भूमिका तथा चुनौती लगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए । साथै प्रहरी निरीक्षक गिरीले प्रशिक्षणको क्रममा प्रशिक्षार्थीले राखेका जिज्ञासाहरूको जवाफ पनि दिएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट नवनियुक्त जिल्ला न्यायधीश भुवन गिरीले फरेन्सिकसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान एवं यसका चुनौतीको बारेमा जान्न पाउँदा भ्रमण फलदायी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर