प्रधानसेनापति शर्माद्वारा पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

प्रधानसेनापति प्रभुराम शर्माले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको बिहीबार निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा उनले उक्त पृतना हेडक्वार्टर तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी, इलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका थिए।

उनले पश्चिम पृतना हेडक्वार्टर, विजयपुर ब्यारेकको पनि निरीक्षण गर्दै सकल दर्जालाई सम्बोधन गरेका थिए।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधानसेनापति शर्माले शुक्रबार बाग्लुङस्थित नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर