बाँके-३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको पल्ला भारी हुने सम्भावना

बाँके क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र एमाले–राप्रपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति चुनावी मैदानमा छन्। अघिल्लो आमनिर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मत परिणाम हेर्दा यस क्षेत्रमा सत्ता गठबन्धन अगाडि रहेको देखिन्छ। जसका कारण कांग्रेसका उम्मेदवार राठौरको पल्ला भारी हुने सम्भावना देखिन्छ।

खजुरा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका दुईवटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन्।

२०७४ को चुनावमा यस क्षेत्रबाट एमाले–माओवादी गठबन्धनबाट एमालेका नन्दलाल रोकाय ३१ हजार ६ सय १ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत ल्याएर रोकायलाई पछ्याएका थिए। सत्ता गठबन्धनका कारण यसपटक कांग्रेसलाई जित हासिल गर्न सहज देखिन्छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर