राजावादीहरू आफूहरूलाई राष्ट्रवादी भन्न थाले : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए । उनले राजावादीहरू आफूहरूलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै आफूहरू राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्धको कुनै पनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे ।

उनले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली कांग्रेसको कर्तव्य हुने बताए । समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर