निर्वाचनसम्बन्धी उत्कृष्ट सचेतनामूलक टिकटक बनाउनेलाई आयोगले ५० हजार रुपैयाँ दिने

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा सामेल भएकामध्ये उत्कृष्ट सचेतनामूलक भिडियो बनाउने पाँच जनालाई जनही नगद ५० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिने आयोगले घोषणा गरेको छ ।

भिडियो बढीमा १ मिनेटसम्मको हुनुपर्ने र कात्तिक १५ गतेसम्म आयोगको ई–मेल ठेगाना [email protected]  मा पठाइसक्नुपर्ने छ। भिडियोका लागि आयोगले विभिन्न ११ शर्त राखेको छ।

शर्तहरू :

१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।
२. भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्ने छ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचनसम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
५. कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटासम्म भिडियो स्वीकार गरिनेछ ।
६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाललगायत डिजिटल माध्यबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ ।
७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
९. उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु. ५०,०००/- (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।
१०. भिडियो २० सेकेण्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
११. आयोगले तयार गरेका निर्वाचन म्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माण गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर