प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकारबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल बिरामे डिओपबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भयो । उनीहरूबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा जनरल डिओपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रूपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरूमा खटिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् । राष्ट्रसङ्घका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर