![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
काठमाडौंबाट नौ लाख नगदसहित ६२ जुवाडे पक्राउ, नौ जनाविरुद्ध मुद्दा दर्ता
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![काठमाडौंबाट नौ लाख नगदसहित ६२ जुवाडे पक्राउ, नौ जनाविरुद्ध मुद्दा दर्ता](https://www.pardafas.com/wp-content/uploads/2022/09/Juwa.jpg)
फाइल तस्बिर।
नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुनेगरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया