गृहमन्त्री खाणले आरम्भ गरे भैरहवादेखि तनहुँसम्मको चार दिने साइकल यात्रा

गृहमन्त्री बालकृष्ण खाणले साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मका लागि आयोजना गरेको चार दिने साइकल यात्राको शुभारम्भ गरेका छन् ।

शुक्रबारदेखि सुरु साइकल यात्रा आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ साथ गरिएको हो । भैरहवादेखि तनहुँको ‘रम्भा–मानुग्कोटको चार दिने साइकल यात्रा’ प्रारम्भ गरेको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारुमगरले जानकारी दिए ।

गृहमन्त्री खाणले हरियो झण्डा फहराई तनहुँसम्मको साइकल यात्रा प्रारम्भ गरेका हुन् । उनले भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरी साइकल यात्रीलाई बिदाइ गरेका हुन् ।

गृहमन्त्री खाणले पछिल्लो समय साइकल यात्रा गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।

शुक्रबार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । पहिलो दिनको यात्रा भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुदै ताहुँ धोबाधी पुग्नेछ ।

दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुर हुँदै भिमाद बजार पुग्नेछ । तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म पुग्ने संयोजक खरेलले जानकारी दिए ।
चौथो दिन मानुङकोटदेखि दमौली बजारसम्म साइकल यात्रा हुनेछ । दमौलीबाट भैरहवा भने बसमार्फत फर्किने छन् । यात्रामा १६ साइकल यात्री सहभागी छन् । साइकल सिटीले यस अगाडि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर