कांग्रेसको चुनावी घोषणापत्र

३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

नेपाली कांग्रेसले ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ।

शनिबार सार्वजनिक पार्टीको चुनावी घोषणापत्रमा अबको पाँच वर्षमा उक्त व्यवस्था मिलाउने प्रतिबद्धता गरिएको हो।

शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका छन्।

यस्तै पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क बीमा गरिने घोषणापत्रमा उल्लेख छ।

सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि गरिने जनाएको छ।

हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने कांग्रेसको प्रतिबद्धता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *