काठमाडौं ६ मा कांग्रेसका पूर्वमन्त्री भीमसेनदास प्रधानकाे वर्चस्व

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं क्षेत्र नं. ६ मा यसअघिदेखि नै चुनाव जित्दै आएका छन्।

२०७० सालको दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रधानले एमाले र माओवादीलगायत वाम गठबन्धनलाई पराजित गर्दै निर्वाचन जितेका थिए। यसपटक सोही क्षेत्रमा उनी पुनः उम्मेदवार छन्। उनको मुख्य प्रतिस्पर्धीका रूपमा हालै एमाले प्रवेश गरेर राजनीतिमा आएका नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई लिइएको छ। तर, पूर्वप्राध्यापकसमेत रहेका प्रधानलाई यसपटक चुनाव जित्न झनै सहज हुने देखिएको छ।

यसपटक उनलाई सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरूको समेत समर्थन छ। जसका कारण उनलाई चुनाव जित्न थप सहज हुने देखिएको हो।

उपत्यका तथा आफ्नो निर्वाचन क्षेत्रलाई हरियाली तथा सांस्कृतिक शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका उम्मेदवार प्रधानले स्वास्थ्य क्षेत्रको सुधारलाई चुनावी घोषणापत्रमार्फत प्राथमिकता दिएका छन्।

नेपालबाट बढ्दो बौद्धिक पलायन नरोकिए ज्येष्ठ नागरिक मात्र रहने अवस्था आउने भन्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार नै आफ्नो प्राथकितामा रहेको बताए। ज्येष्ठ नागरिक स्याहार केन्द्र तथा ज्येष्ठ नागरिक विद्यालय स्थापनालाई प्रधानले जोड दिएका छन्।

तत्कालीन नेकपा नेतृत्वमा झन्डै दुई तिहाइ जनमत प्राप्त भए पनि अध्यक्ष केपी ओलीले सरकार र पार्टीसमेत सञ्चालन गर्न नसकेकाले मतदाताले त्यसको विकल्प खोजेको प्रधानले बताए।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्य पनि उम्मेदवार छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर