राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आइतबार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए ।

“हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दिगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, अध्यक्ष दाहालले भने, “स्थिरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।” उनले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए ।

उनले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताए । अध्यक्ष दाहालले आसन्न मङ्सिरको निर्वाचन दुई विचार प्रवृत्तिबीचको गठबन्धन आमुन्नेसामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्त्व रहेको बताए । ‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ । हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरूको गठबन्धन बनेको छ ।”, उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर