विश्वकप फुटबलका लागि के हो हाया कार्ड ?

आगामी नोभेम्बर २१ बाट डिसेम्बर १८ सम्म कतारमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ।

विश्वमा सबैभन्दा बढी रुचाइएको खेल फुटबल, त्यसमाथि सोही खेलको संसारभर चर्चा र चासोमा रहने सर्वाधिक ठूलो प्रतियोगिता विश्वकपको नयाँ संस्करणको खेलप्रेमीहरू व्यग्र प्रतीक्षामा छन्।

सोही विश्वकपका खेल कतारमै गएर हेर्नका लागि अति आवश्यक पर्ने ‘हाया कार्ड’ को विषयमा यहाँ स्पष्ट पारिएको छ। जानौं, के हो त हाया कार्ड ?

 विश्वकप फुटबल आयोजना हुने समयावधिभर कतार प्रवेशको लागि चाहिने कार्ड नै हाया कार्ड हो ।
 हाया कार्ड नै विश्वकप फुटबल आयोजना हुने समयावधिभरको लागि कतार प्रवेशाज्ञापत्र वा भिसा हो ।
 ज-जसले विश्वकप फुटबल हेर्न कतार जानको लागि टिकट लिनुभएको छ वा लिने तयारी गर्दै हुनुहुन्छ, अवश्य पनि हाया कार्डको लागि आवेदन दिनुहोला ।
 अन्तर्राष्ट्रिय फुटबल फ्यानहरूले विश्वकप फुटबल हेर्न टिकट मात्रै लिएर हुँदैन, कतार प्रवेशाज्ञापत्र (हाया कार्ड) पनि साथैमा बोक्नुपर्ने हुन्छ ।
 हाया कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । डिजिटल हाया कार्ड बनाउन विदेशी फुटबल फ्यानहरूले बस्ने व्यवस्था अथवा होटलको कन्फरमेशन गर्नुपर्ने हुन्छ ।
 हाया कार्ड भएपछि कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा प्रवेश सजिलै पाइन्छ ।
 हाया कार्ड अनलाइनबाट आवेदन दिन तपाईंले https://hayya.qatar2022.qa/web/hayya / Qatar2022.qa मा भिजिट गर्न सक्नुहुनेछ भने मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एपमार्फत आवेदन दिन पनि सक्नुहुनेछ । यो एप एप्पल ( IOS), एन्ड्रोइड तथा हुवावेका सबै मोबाइल फोनमा उपलब्ध छ ।
 हाया कार्ड कतार सरकारद्वारा सञ्चालित प्रवेश प्रक्रिया हो । हाया कार्डसम्बन्धी कुनै पनि प्रक्रियामा फिफा उत्तरदायी हुने छैन ।
 हायासम्बन्धी कुनै पनि जानकारी चाहिएमा [email protected] मा log in गरेर बुझ्न सक्नुहुनेछ भने ८००.२०२२ (कतार) वा अन्तर्राष्ट्रिय नम्बर (+९७४) ४४४१.२०२२ मा कल गरेर पनि बुझ्न सक्नुहुनेछ ।
 अन्य कुनै पनि जानकारी चाहिएमा वा विश्वकप फुटबल प्रतियोगिताको टिकट लिएर बसोबासको व्यवस्था मिलाउन [email protected] मा log in गरेर बुझ्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर