स्रोत नखुलेको साढे पाँच लाख भारुसहित कपिलवस्तुबाट एक जना पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको ५ लाख ५२ हजार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट स्रोत नखुलेको ५ लाख ५२ हजार ७ सय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान सो रकमसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनालका साथमा उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *