नेपालको संविधान दक्षिण एशियामै सबैभन्दा सन्तुलित : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन् । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको संविधान दक्षिण एशियामा सबैभन्दा सन्तुलित रहेको बताए ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे ।

‘नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।’

उनले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताए ।

यहाँ आयोजित कार्यक्रममा बोल्दै पौडेलले तनहुँको छिम्केश्वरीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताए । उनले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

छिम्केश्वरीको गुरुयोजना निर्माण गरेर यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाइने पौडेलको भनाइ थियो । ‘आँबुखैरेनी तनहुँ र गोरखाको केन्द्र हो । लमजुङ र मनाङको पनि प्रवेशबिन्दु हो । गण्डकी प्रदेश छिर्ने नाका पनि हो । यसलाई नमुना बनाएर सन्देश दिनुपर्छ,’ पौडेलले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर