गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा धेरै काम गरेँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबी गरेका छन् ।

सुन्दरबजारका मतदाता भेटघाट कार्यक्रमलाई बिहीबार लमजुङमा सम्बोधन गर्दै उनले जिल्लाको खानेपानी, सडक, मोटरेबल, झोलुङ्गे पुल निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए ।

उपमहासचिव गुरुङले ‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर