कोभिड प्रतिकार्यका लागि कतार फण्ड फर डेभलपमेन्टले दियो नेपाललाई ४ टन स्वास्थ्य सामग्री

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोभिडबाट ग्रस्त बिरामीको उपचारमा सहयोग पुर्‍याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र १६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।

कतार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल–इब्राहिमले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओमप्रसाद उपाध्याय र फार्मेसी अफिसर समिक्षा थापालाई हस्तान्तरण गरेका हुन् ।

कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड–१९ जस्तो महामारीसँग लड्न सहयोग पुर्‍याउने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *