मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु

परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

बिहीबार साँझ कार्यालय समय सकेर अनामनगरस्थित निवास फर्कने क्रममा पैदल हिँडिरहेकी सुब्बालाई सिंहदरबार पूर्वी गेट अगाडि मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बालाई उपचारका लागि मोडल अस्पतालमा लगिएकोमा साँझ पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

०६९ सालमा अधिकृतका रूपमा सेवा प्रवेश गरेकी सुब्बा परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् ।

ठक्कर दिने प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलका चालक मिलन राना पनि उक्त दुर्घटनामा परेर घाइते भएका छन् ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर