कालिगण्डकी नदीमा हामफालेका पुरूषको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्वार

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१ स्थित राम्दी पुलबाट कालिगण्डकी नदीमा हामफालेका एक पुरूषको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्वार गरेको छ ।

हरिबोधनी एकादशी स्नान गर्न गएका सोही जिल्लाको भिरकोट नगरपालिका–१ बयरघारी बस्ने ३७ वर्षीय ईश्वर दर्जी उक्त नदीमा हामफालेका थिए ।

सो घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले उनलाई सकुशल उद्वार गरेको हो ।

उद्वारपश्चात् उनलाई प्रहरी चौकी राम्दीमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर