निर्वाचनमा तीन दिन लुम्बिनीका यी सीमा बन्द हुने

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको  निर्वाचनको समयमा मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म नेपाल–भारतबीचको सीमा नाका बन्द गरिने भएको छ ।

रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्लाको सुरक्षा समन्वय बैठकले मङ्सिर १ गते रातिदेखि मङ्सिर ४ गते रातिसम्म सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेडसहित सुरक्षा प्रमुख सहभागी थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई सम्बोधन गर्न बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका बारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपाय अपनाउने, नक्कली नोट नियन्त्रणलगायतका साझा सवालका विषयमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले  बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *