सेनाका प्याराग्लाइडिङ खेलाडी निसिमकाे शालिक निर्माणमा गण्डकी सरकारले सहयाेग गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निसिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताएका छन्।

थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए।

गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो। उनी त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थिए। उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो। साथै उनको सम्मानमा पोखरा रङ्गशालामा अर्धकदको शालिक निर्माण गर्ने घोषणासमेत गरेको थियो।

परिवारले निसिमका नाममा अक्षयकोष स्थापना गरी प्याराग्लाइडिङ खेलमा दुर्घटनामा पर्ने खेलाडीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेको छ। साथै सबै खेलाडीको जीवन बीमा गर्नुपर्नेसमेत परिवारको माग छ।

दिवङ्गत खेलाडी निसिमका बुबा प्रकाश थापाले लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एअर स्पोर्टस् एशोसिएशन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमाबापतको रकम प्रदान गरिदिन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर