पाकिस्तानी परराष्ट्र सेवाका हाश्मी नेपालका लागि नयाँ राजदूत

पाकिस्तानले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

नेपालका लागि वर्तमान पाकिस्तानी राजदूत सैयद हैदर शाह नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएलगत्तै नयाँ राजदूतको नियुक्ति भएको हो ।

करियर कूटनीतिज्ञ अबरार एच हाश्मी नेपालका लागि पाकिस्तानको नयाँ राजदूतमा नियुक्त भएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले शनिबार विभिन्न देशका लागि पाकिस्तानका नयाँ राजदूतको नियुक्तिलाई अनुमोदन गरेका छन् ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीको सिफारिसमा प्रधानमन्त्री शरिफले सोही दिन अबरार एच हाश्मीलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्न अनुमोदन गरेका थिए ।

यसअघि हाश्मीले अमेरिकाको टेक्सासको हयुस्टनमा पाकिस्तानकाे कन्सुलर जनरलकाे रूपमा काम गरेका थिए । ह्युस्टनमा कन्सुल जनरलको रूपमा काम गर्नुअघि उनले पाकिस्तानी विदेश मन्त्रालय र विदेशमा पाकिस्तानको नियोगमा काम गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर