सेनाको गस्ती टोलीद्वारा बाँके राष्ट्रिय निकुञ्जमा शिकार गरिरहेका दुई जना पक्राउ

नेपाली सेनाको गस्ती टोलीले बाँके राष्ट्रिय निकुञ्जमा अवैध शिकार गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा नं. १३ स्थित भरैया इलाकाबाट अवैध शिकार गरिरहेका दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको साथबाट शिकारका लागि प्रयोग गरिएको दुई नाल भरुवा बन्दुक बरामद भएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर