सशस्त्र प्रहरीद्वारा ११० बोरा अवैध चिनी बरामद

सशस्त्र प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट ११० बोरा अवैध चिनी बरामद गरेको छ।

सोमबार को.१ ख ३०२० को नम्बरको ट्रकमा लोड गरेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले उक्त चिनी बरामद गरेको हो। बरामद चिनीको मूल्य करिब १८ लाख ३० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।

बरामद चिनी तथा चिनी लोड गरिएको ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *