विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार बसेको न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रसारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको कुनै पनि कानूनले त्यसरी दर्शकका लागि अरिरिक्त शुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरुले सर्वोच्च अदालतमा रिट दिएको रसो निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएको अधिवक्ता किशोर पौडेलले बताए ।

रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो ।

यता मिडिया हबले भने सो अनुमति लिनका लागि करिब ४० करोड बराबरको खर्च भएकाले सो शुल्क लगाउने निर्णय गर्नु परेको बताउँदै आएको छ । सो मुद्दाको फैसलाको टुंगो यही कात्तिक २७ गते लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *