को बन्ला नेटोको नयाँ प्रमुख ? यस्ता छन् चार मुख्य दाबेदार

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रमुख जेन्स स्टोल्टवर्गको कार्यकाल सेप्टेम्बर २०२३ मा अन्त्य हुने भएसँगै नयाँ नेतृत्वका लागि दाबेदारी पर्न सुरु गरेको छ । न्युयोर्क टाइम्सका अनुसार हालसम्म ४ जना महिला नेतृले उक्त पदका लागि दाबेदारी पेस गरिसकेका छन् ।

इस्टोनियाकी प्रधानमन्त्री कजा कलास, युक्रेनी मूलकी क्यानेडियन उपप्रधानमन्त्री क्रिस्टिना फ्रिल्यान्ड, स्लोभाकियाकी राष्ट्रपति जुझाना च्यापुतोभा र क्रोयसियाकी पूर्व राष्ट्रपति कोलिन्डा ग्रेभर कटोरिभिचले नेटो प्रमुख बन्ने चाहना व्यक्त गरेका हुन् ।

तत्कालीन सोभियत संघको विरुद्ध अमेरिका, क्यानडा र केही युरोपेली मुलुकहरुको सहभागितामा सन् १९४९ मा नेटोको गठन भएको हो । हाल यो संगठन रुसको विरुद्धमा छन । हाल रुस–युक्रेन युद्ध जारी रहेकाले नेटोको प्रमुख बन्न युक्रेनको समर्थन उम्मेदवारका लागि एउटा महत्वपूर्ण कडी हुनेछ ।

वर्तमान नेटो प्रमुख स्टोल्टवर्ग सन् २०१४ मा चयन भएका थिए । नेटो प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ । उनको कार्यकाल सन् २०१८ मा पुनः चार वर्षका लागि थपिएको थियो । रुस–युक्रेन युद्धका कारण उनको कार्यकाल एक वर्ष थपिए पनि अब पुनः थपिने सम्भावना भने निकै कम छ । उनी नर्वेका पूर्वप्रधानमन्त्री हुन् ।

अमेरिकाले भने नेटोको प्रमुखमा दाबी नगर्ने परम्परा रहँदै आएको छ । तर, उसको समर्थन भने मुख्य हुनेछ । हाल यस संगठनमा ३० सदस्य राष्ट्र छन् । नेटोमा आबद्ध हुन स्वीडेन र फिनल्यान्डले दिएको आवेदन स्वीकृत भएमा सदस्य राष्ट्र ३२ पुग्नेछन् । हालसम्म नेटोले महिला नेतृत्व पाएको छैन ।

यस्ता छन् दाबेदार
इस्टोनियाकी प्रधानमन्त्री कलासले युक्रेनमाथि रुसको आक्रमणको कडा विरोध गर्दै आएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाउँदै कलासले पुटिनसँग कुनै सम्झौता गर्न नहुने जनाउँदै आएकी छन् ।
‘केही युरोपेली राष्ट्रले रुस–युक्रेन युद्ध अन्त्य होस् भन्ने चाहे पनि मस्कोसँग स्थिर सम्बन्ध राख्न चाहेका छन्,’ न्युयोर्क टाइम्सले लेखेको छ, ‘तर, युक्रेनको समर्थनमा कलासको भूमिका महत्वपूर्ण छ ।’

क्यानाडाकी वित्तमन्त्री क्रिस्टिना पनि नाटो प्रमुखको दाबेदार हुन् । उनी अंग्रेजी, फ्रेन्च, इटालियन, युक्रेनी र रुसी भाषामा दक्ष छिन् । युक्रेनी मूलकी उनी सन् २०१४ मा युक्रेनको सत्ताबाट भिक्टोर यानुकोभिचनको बहिर्गमन हुँदा आयोजित उत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । त्यसपछि उनलाई रुसले प्रतिबन्ध लगाएको थियो ।

क्रोयसियाकी पूर्व राष्ट्रपति कोलिन्डा नेटोका निम्ति पूर्व सहायक महासचिव पनि हुन् । युरोपियन युनियन छोडे पनि बेलायत नेटोको नेतृत्व लिएर विश्वमा आफ्नो भूमिका बढाउने उद्देश्यमा छ । त्यसैले उसले आफ्ना रक्षामन्त्री बेन वालेसलाई नेटोको प्रमुखमा अगाडि बढाउने भएको छ ।

नयाँ प्रमुखलाई यस्तो छ चुनौती
नेटोको नेतृत्वमा जो चयन भए पनि आगामी दिनमा झनै कठिन अवस्था सामना गर्नुपर्ने भएको छ । युक्रेनमा युद्धको अर्थ रुसको सीमामा अझै नाटो सैनिक खटाउनुपर्नेछ भने सम्भावित नयाँ सदस्यहरु स्वीडेन र फिनल्यान्डमा रकम र उपकरणहरुको माग पनि हुनेछ ।

‘यद्यपि, नाटोले आम सहमतिमा काम गर्छ, यसका प्रमुखले आफ्ना सदस्य देशहरुको माग पूरा गर्न र विश्वका लागि पश्चिमी राष्ट्रको स्थिति स्पष्ट पार्न भूमिका निर्वाह गर्नेछ,’ न्युयोर्क टाइम्सले लेखेको छ, ‘सबै सम्भावित उम्मेदवारहरुसँग मुद्दा छन्, र यो पनि सम्व छ कि वर्तमान प्रमुख स्टोल्टवर्गको कार्यकाल अझै एक वर्ष बढाउने सहमति पनि हुन सक्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर