उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन, एआईजी धानुकको बिदाइ

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकको बिदाइ गरिएको छ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण धानुक अनिवार्य अवकाशमा जान लागेका धानुकको मंगलबार बिदाइ गरिएको हो।

उनको बिदाइसँगै चुनावको मुखमा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन भएको छ।

धानुकको अवकाशपछि नेपाल प्रहरीमा चार एआईजी खाली हुनेछ।

यसअघि एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य र अरूणकुमार बीसी पनि उमेरहदकै कारण अवकाश भएका थिए।

 

प्रतिक्रिया

One thought on “उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन, एआईजी धानुकको बिदाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर