चुनावको मुखमा मोरङका प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा थापाको बुधबार बिहान निधन भएको हो।

५८ वर्षका थापा विगत एक महिनादेखि बिरामी थिए। मोरङ क्षेत्र नम्बर ३ ’१’ मा नेपाली कांग्रेसबाट प्रदेश सभा उम्मेदवारसमेत रहेका उनलाई सुरुमा डेंगु र पछि निमोनिया देखिएको थियो।

थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ ’१’ प्रदेश सभातर्फ कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

थापाले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रूपमा २०५७ देखि ८ वर्षसम्म काम गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर