प्रदेश १ का वनमन्त्री थापाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

विराटनगरस्थित नोबेल अस्पतालमा बुधबार बिहान ५८ वर्षको उमेरमा थापको निधन भएको थियो। उनी एक महिनादेखि उपचार गराइरहेका थिए। उनलाई सुरुमा डेंगु र पछि निमोनियासमेत देखिएको थियो।

मोरङ क्षेत्र नम्बर ३ (१) मा प्रदेश सभा उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार नेता थापाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले उनका परिवाजनमा समवेदना व्यक्त गरेका छन्।

‘प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खबरले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले ट्विटरमा लेखेका छन्।

थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ ’१’ प्रदेश सभातर्फ कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर