राष्ट्रपति भण्डारी आइसल्याण्डमा, यस्तो छ कार्यक्रम

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपीएल)को कार्यक्रममा सहभागी हुन आइसल्याण्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन् ।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीलाई सो मञ्चले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सो सम्मेलनका क्रममा विभिन्न देशका महिला नेत्री तथा अन्य विशिष्ट व्यक्तिहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहको छ ।

अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्याण्ड पुगेकी हुन् । उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *