अमेरिकी मध्यावधि निर्वाचन : रिपब्लिकनले बहुमत जित्ने प्रक्षेपण, पछि पर्दै बाइडेनको पार्टी

अमेरिकामा भइरहेको मध्यावधि चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा) मा रिपब्लिकन पार्टीको स्थिति राम्रो देखिएको छ ।

१५४ सिटमा अग्रताका साथ रिपब्लिकन पार्टीले लगभग बहुमत पाउने तय भएको छ । ४३५ सिटमा सदनमा बहुमतका लागि २१८ सिट जित्नुपर्ने जरुरी हुन्छ ।

यद्यपि, सदनमा डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच धेरै कडा प्रतिस्पर्धा देखिएको छ । डिपब्लिकन डेमोक्र्याटमाथि हावी हुँदै आएको देखिन्छ । ससदनमा हाल डेमोक्र्याटको ४१ र रिपब्लिकनको ४३ सिट छ । बहुमतका लागि यहाँ ५० सिट जरुरी हुन्छ ।

यस चुनावमा प्रतिनिधिसभाको सबै ४३५ सिट र सिनेटको ३४ सिटमा चुनाव भइरहेको छ । यसका साथै राज्यले पनि आफ्ना गभर्नर चुन्नेछन् ।
मंगलवारको निर्वाचन अगाडि राष्ट्रपति जो बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो । यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएका छन् । विश्लेषकहरूका अनुसार रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यो चुनावको हिस्सा छैनन्, साथै यो नतिजाले उनको हालको कार्यकाललाई कुनै असर पर्दैन । तर मध्यावधि चुनावले अबको राजनीतिक गन्तव्य र जनताको मनस्थिति के छ भन्ने संकेत गर्छ ।
फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस जसलाई २०२४ मा हुने चुनावका लागि रिपब्लिकनबाट दाबेदार मानिएको छ , उनी फेरि एक पटक जिततर्फ अघि बढिरहेका छन् ।
यसपालिको सिनेटको दौडको नतिजा जोर्जिया, पेन्सलभ्यानिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ । ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

संसद्का दुईमध्ये कुनै एक सदनमा नियन्त्रण जमाउनासाथ रिपब्लिकन दलले राष्ट्रपति बाइडेनका विधायिकी एजेन्डामा अवरोध उत्पन्न गरिदिन सक्छन् ।

मध्यावधि चुनाव किन ?

अमेरिकाको संसदमा दुई सदन छन् । तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको र सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । हरेक दुई वर्षमा यिनीहरुको निर्वाचन हुन्छ । यो राष्ट्रपतिको कार्यकालको बीचमा पर्ने गर्छ ।

नोभेम्बर २०२० मा बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएका थिए । दुई वर्षपछि मध्यावधि चुनवाका लागि मञ्च तयार भएको हो । नामअनुसार नै मध्यावधि चुनाव राष्ट्रपतिको कार्यकालको बीचमा राखिएको छ ।

भनिन्छ कि, यो चुनावले हालको सरकारको कामकाज जनतालाई कस्तो लागिरहेको छ भन्ने संकेत गर्छ । अनि जनताको मनस्थिति कतातिर ढल्किरहेको छ भन्ने पनि ।

यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन् । सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ । प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन् । (एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर