११.११ अभियानको लागि हिमालयन बैंक र दराजबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ ।

कार्तिक २१ गते सोमबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरूण फुयाँलले हस्ताक्षर गरेका छन्। यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागू हुनेछ ।

बैंकका ग्राहकहरूले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नुपर्नेछ ।

ग्राहकहरूले हिमालयन बैंकको मोबाइल बैंकिङबाट आफैँले नै आफ्नो कार्डमा ई—कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरिएको छ । यी पूर्वभुक्तानी छुटहरू सीमित समय र छुटमा केही शर्तहरू लागु हुने भएकाले दराजको ११.११ अभियानअन्तर्गत ग्राहकहरूले छुट प्राप्त गर्न यथाशीघ्र कार्डबाट पूर्वभुक्तानी गरी समानहरू खरिद गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर