मन्त्रीको निधनको शोकमा प्रदेश १ मा भोलि सार्वजनिक बिदा

प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश १ सरकारले भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एक महिनादेखि बिरामी रहेका मन्त्री थापाको उपचारका क्रममा आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।

एक महिनाअघि डेंगु संक्रमण पुष्टि भएका उनलाई पछि निमोनियासमेत भएको थियो। नेपाली कांग्रेस नेता थापा मोरङ क्षेत्र नं. ३ (क)मा प्रदेश सभा उम्मेदवार थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर